लक्ष्मी र प्रतापको ‘नौली हदेली’ सार्वजनिक

...

काठमाडौं। गायिका लक्ष्मी आचार्य र गायक प्रदाप दाशको  आवाजमा नयाँ गीत ‘नौली हदेली’ सार्वजनिक भएको छ । यो गीत पनि देउडा फ्युजनमै रहेको छ । ‘नौली हदेली’ गीतमा माया प्रेममा रहेका साली -भिनाको कथा समेटिएको छ । विवाह गर्छु भनेर बचन दिएर अर्कोसँग सम्बन्ध बनाउने भिनालाई केही बर्षपछि भेट हुँदा साली गर्ने प्रश्न र भिनाले दिने जवाफ गीतमा छ ।

गीतको शब्द तथा संगीत गायिका आचार्यकै हो, भने एरेन्ज देवेश राइले गरेका हुन् । गीतको भिडियोमा अभिषेक खड्का र मिस पविको अभिनय छ । भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् ।

गीत गायिका आचार्यले आफ्नै अफिसियल युट्युब च्यानल लक्ष्मी आचार्यबाट ल्याएकी हुन् ।  गायक प्रतापले पहिलोपटक देउडा गीतमा अवाज भरेका हुन् ।गीत  लक्ष्मी आचार्य अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।