काठमाडौँ । नयाँ चलचित्र ‘परिवर्तन’ बन्ने भएको छ। चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली प्रमुख भूमिकामा देखिने तय भएको छ। साथमा सुनील थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको पनि अभिनय रहनेछ।
विजय केरूङले यो फिल्म निर्देशन गर्नेछन्। चलचित्रको छायांकन आगामी हप्ताबाट सुरू हुने बताइएको छ। यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण पक्षले लिएको छ।







११ जेष्ठ २०८२, आईतवार १७:२८ 








