आज सबैभन्दा कान्छा निर्देशक सौगात बिष्टको जन्मदिन, जान्नुहोस उनका केहिकुरा

...

गोपिकृष्ण चापागाई / पुस, काठमाडौं । संसारकै सबैभन्दा कान्छा निर्देशक सौगात बिष्टले आज आफ्नो १० औं जन्मदिन मनाउँदैछन् । बि.सं २०६३ साल पुस २२ गते जन्मिएका सौगात अहिलेसम्मकै साना निर्देशकको रुपमा चिनिन्छन् । उनले आफ्नो पहिलो निर्देशीत चलचित्र ‘लभ यु बाबा’ बाट चलचित्रमा निर्देशन यात्रा सुरु गरेका हुन् ।

birth-day-of-saugat-bista-artist-khabarसौगात घट्टेकुलो स्थित आफ्नो घरमा बाबा गजित बिष्ट र सम्झना पोख्रेलसँगै बस्दछन् । सौगातका बाबा गजित पनि चलचित्र क्षेत्रका स्थापित आर्टिस्ट हुन् । साथै सौगातकि दिदि संगम बिष्ट पनि थुप्रै चलचित्र तथा टेलिचलचित्रहरुमा अभिनय गरीसकेकी छिन् । सौगात अहिले सुर्योदय ज्योती सेकेन्डरी ईंग्लिस बोडिंग स्कुल डिल्लीबजारमा पढ्दै आएका छन् ।


सौगातको कलाकारिता क्षेत्र
सौगातले पहिलो पटक ‘मेरिगोल्ड कुकिंग ओईल’ नामक एक तेल कम्पनीको बिज्ञापन बाट आफ्नो अभिनय यात्रा शुरु गरेका हुन् । उनी त्यो समयमा पाँचबर्षका थिए । त्यसपश्चात उनले चलचित्र ‘कखग’ मा अभिनय गरे । साथै उनले आफ्नो दोस्रो चलचित्रको रुपमा मोहन निरौला निर्देशक ‘जन्मभुमि’मा अभिनय गरे ।
saugat-bista-birth-day-special-artist-khabar

सौगातको निर्देशन यात्रा
सौगातले ८ बर्षको उमेर मै ‘लभ यु बाबा’ चलचित्र निर्देशन गरे । यस चलचित्र निर्देशन गर्नुपुर्व उनले ठुलो मेहनत गरेका थिए । उनले चर्चित चलचित्र ‘लज्जा’का निर्देशक नवल नेपालद्धारा लामो समय निर्देशनको तालिम समेत लिएका थिए । साथै उनले दिब्यराज सुवेदी, गजित बिष्ट र गम्भिर बिष्टबाट पनि निर्देशन तालिम लिएका छन् ।
saugat-bista-birth-day-special-artist-khabar

‘गिजिन बुक अफ द वर्ड’मा नाम
सौगातले ८ बर्षको उमेरमै चलचित्र निर्देशन गरेपछि सबैभन्दा सानो उमेरमा निर्देशन गर्ने कोछ भनेर खोजि हुन थाल्यो र सौगातको उमेरमै निर्देशन गर्ने कोहि नभेटिएपछि चलचित्र युनिट तथा परिवारले उनको नाम ‘गिनिज बुक आफ द वर्ड’मा लेखाउने प्रयत्नका साथ अगाडि बढ्यो र सफल पनि भए ।

दोस्रो चलचित्र निर्देशन
सौगातले अहिले आफ्नो निर्देशनमा दोस्रो चलचित्र बनाउँदै छन् । ‘हैरान’ नाम राखिएको चलचित्रको आजभन्दा दुई महिना अघिबाट शुटीङ शुरु भइसकेको छ । चलचित्रमा सरोज खनाल, गजित बिष्ट, ,आरोही शर्मा, बुद्धी तामाङ, पुस्कर रेग्मी लगायतको अभिनय रहेको छ ।