माग्ने बुढालाई कलाकार नमान्ने संचिता

...

काठमाडौँ। मोडल संचिता शाहीले कलाकार केदार प्रसाद घिमिरे ( माग्ने बुढा ) लाई आफुले कलाकार नै नमान्ने बताएकी छन्। हालसालैको एक पोडकाष्टमा उनले आफुलाई संसारमा सबैभन्दा मन नपर्ने नाम नै माग्ने बुढा भएको सुनाएकी छन्।

सन्दर्भ के हो भने केहि समय अघि संचिताको नाम विर्ख विश्वकर्माको विवादमा मुछिएको कुरा हामि सबैलाई यथावत् नै छ। सोहि विवाद चलिरहेको बेला केदार घिमिरेले विर्खे विर्खेनी भन्दै स्ट्याटस लेखेका थिए।

यसकारण माग्ने बुढा जस्तो अग्रज कलाकारले आफ्नो निक नेम राखिदिएको , एक कलाकार भएर अर्को कलाकारको मर्म नबुझेको भन्दै संचिताले केदार घिमिरेप्रति आक्रोश पोखिरहेकी छिन्।