काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले संवैधानिक राजतन्त्र आवश्यक रहेको बताएकी छन् । उनले नेपालले शान्तिपूर्ण हिन्दु अधिराज्यको रूपमा आफ्नो पहिचान पुनः स्थापना गर्नुपर्ने धारणा उनको छ । आज सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले राजतन्त्रको पक्ष लिएकी छिन्
। ‘आजको दिन मेरो लागि गहिरो आत्मचिन्तनको हो — एक नेपालीको हैसियतले, जसले यो देशको पहिचान, एकता र भविष्यप्रति गहिरो माया राख्दछ । म आज मेरो सार्वजनिक मञ्च —फेसबुकबाट बोल्दै छु, किनभने मलाई लाग्छ अब भावना होइन, सत्य र इमानदारीसाथ नेपालको दिशाबारे संवाद गर्नुपर्ने समय आएको छ’, उनले अगाडि लेखेकी छन् ‘म स्पष्ट रूपमा विश्वास गर्छु कि नेपालले संसारको एक मात्र शान्तिपूर्ण हिन्दु अधिराज्यको रूपमा आफ्नो पहिचान पुनः स्थापना गर्नुपर्छ — जहाँ शासन बल वा कट्टरताले होइन, आध्यात्मिक मूल्य, सांस्कृतिक निरन्तरता, र राष्ट्रिय एकताले निर्देशित हुन्छ ।’








१५ जेष्ठ २०८२, बिहीबार १२:४९ 








