सर्‍यो रेखा थापाको ‘मीरा’

...

काठमाडौं । नायिका रेखा थापाको डेब्यू नाटक ‘मीरा’को प्रिमियर शो सरेको छ । राजनीतिक कारणले यो नाटकको प्रदर्शन स्थगन गर्नु परेको स्रोतले बताएको छ  ।

कान्तिपुर फिल्म एकेडेमीको थिएटर उद्घाटन र ‘मीरा’ नाटकको प्रिमियर बिहीबार एकसाथ हुने बताइएको थियो । तर काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका राजावादी र प्रमुख सत्तारुढ नेकपा एमाले कार्यक्रम रहेकाले नाटकको प्रदर्शन मिति सरेको हो ।

राप्रपासमेतका राजावादीको आन्दोलनले आमजनजीवन प्रभावित हुन सक्ने भन्दै ‘मीरा’को प्रिमियर जेठ १९ लाई सारिएको कान्तिपुर फिल्म एकेडेमीले जनाएको छ ।