कलाकारहरु अस्थायी घर निर्माण पछि अब बिद्यालय निर्माण तर्फ

...

nepali artist in help

असार, काठमाडौं । बैशाख १२ गतेको बिनाशकारी भुकम्प पछि राहत बितरण तथा अस्थायी घर निर्माणमा अनबरत रुपमा लागिरहेका नेपाली चलचित्रकर्मि कलाकारहरु अब बिद्यालय निर्माण तर्फ लागेका छन् । ४५ दिन अघि बाट भुकम्प पिडितहरुलाई अस्थायी घर निर्माण गरीदिने हामी सबैका लागि अभियानमा जुटेका कलाकारहरु अब अस्थायी घर निर्माण कार्य रोकेर बिद्यालय निर्माणमा जुटेको बताएका छन् ।

 

अभियानका सस्थापक सुरेश दर्पण पोख्रेलले आर्टिस्ट खबर सँगको करानकानीमा भने— “अब हामी काभ्रे – कोशी पारीको पोखरिचौरी गाबिसमा ३ प्राथमिक स्कुलहरुको पुनर्निर्माणमा जुट्दैछौ , यो कार्यमा बलेवा सेवा समाज जापान, अभिनेत्री जल शाह लगायत अन्य थुप्रै साथीहरु हामीसँग हुनुहुन्छ ।” प्रोखेलले उत्साहित हुँदै भने, “बिगत ४५ दिन देखीको हाम्रो अभियान अझै जारी छ । हामी थाकेका छैनौ , झन अझै उत्शाहित छौ । सहयोगी हातहरु अझै थपीइदैछन ।”

 

कलाकारहरुले यस अभियान अन्तर्गत हालसम्म काभ्रे, नुवाकोट , काठमाडौं र भक्तपुरमा गरी १०१ वटा अस्थाइ घरहरु निर्माण गरीसकेका छन् । त्यसैगरी यस्तै हेल्प नेपाल नेटवर्क सँगको सहकार्यमा दोलखा , काभ्रे लगायतका स्थानहरुमा १०० भन्दा बढि घरहरु तयार भैसकेका छन् । यस अभियानमा बिभिन्न कलाकार तथा संघ संस्थाहरुले सहयोगका हात अगाडि बढाएका छन् जसमध्ये थप सहयोगी मनहरुको नाम र रकम यहाँ उल्लेख गरीएको छ ।

अभिनेत्री जल शाह – अमेरिका – रु १ लाख १ हजार ३ सय ७६
कृष्ण लामा ( Wayne Tam,Dr Susan Mathew,David javalan,Zahid Gilani,Judith       Rovenger,Katelyn Hadley ), अमेरिका- रु १ लाख ३० हजार
उशा श्रेष्ठ , क्यलिफोर्निया – रु ३०,०००
जोमेश तामाङ , भैसेपाटी – रु ३०,०००
योस्मा (शारदा) पोखरेल , अमेरिका – रु २०,१४०

earth quake effective chinds