काठमाडौँ । एकसमय पल शाह र मलिका महतको जोडी एकदमै हिट थियो। यो जोडीलाई दर्शकले अत्याधिक रुचाएर ‘पिएम जोडी’ भनेर नामकरण नै गरिदिएका थिए । यसै विषयमा मलिका भन्छिन् सधै पल शाह जल संग नाम जोडेर सधै प्रश्न गर्नुहुन्छ। जुन कार्यक्रममा पुगेपनि ,जस्तो सन्दर्भ भएतापनि पिएम जोडीको विषयमा प्रश्न गर्नु हुन्छ।
मलिका भन्छिन् जवाफ दिदादिदै हैरान परिसके तर नाम जोडेर प्रश्न सोध्न छाड्नुहुन्न। फुलबुट्टे सारी बोलको गीतमा पल र मलिकाको जोडी अत्याधिक रुचाईएको थियो। यहि गीतपछि नै यो जोडीको केमिस्ट्री धेरै रुचाईयो। धेरैले रियल जोडी बनेको देख्न पाईयोस् भनेर शुभकामना पनि दिए। पछिल्लो समय भने यो जोडीको एकसाथ सहकार्य जुरेको छैन।







१८ जेष्ठ २०८२, आईतवार १३:५० 








