पशुपति शर्मा र रमेशराजले फुर्सदमा गरे यस्तो रमाइलो (भिडियो)

...

पुस, काठमाडौं । यतिखेर देश भित्र बिभिन्न ठाउँमा मेला महोत्सवहरु चलिरहेका छन् । पछिल्लो एक महिना त अत्यधिक रुपमा कार्यक्रमहरु भए । त्यो समयमा नेपालका चर्चित आर्टिस्टहरुलाई भ्याई नभ्याई भयो । केहि आर्टिस्टहरु देशभित्रका भईरहेका सबै कार्यक्रममा माग भएका हुन्छन् ।
pashupati-sharma-and-rameshraj-bhattarai-artist-khabarयस्तै चर्चित आर्टिस्टको रुपमा गायक पशुपति शर्मा पनि गनिन्छन् । नेपाली लोकगीत क्षेत्रमा आफ्ना गीतहरुबाट चर्चा कमाएका पशुपति भने यतिखेर केहि दिन खाली रहेछन् अर्थात कार्यक्रम परेको रहेनछ । गायक तथा संगीतकार रमेशराज भट्टराई र पशुपति शर्माले एक भिडियो बनाएका छन् जुन भिडियो उनीहरुले आफ्नो फुर्सदको समयमा बनाएका छन् ।

भिडियोमा कार्यक्रम नभएकोले लामो समयपछि दुईजना एकैठाउँमा भेट भएको र घाम ताप्दै रमाइलो गरेको देखिन्छ । भिडियोमा उनीहरु पुरै कमेडी रुपमा उत्रिएका छन् ।

भिडियो हेर्नुस् ।