
काठमाडौँ । अभिनेता गजित विष्ट फिल्म ‘महाराजधिराज’मा भित्रिएका छन् । निर्माण टिमले उनलाई महत्वपुर्ण भूमिका रहने गरी फिल्ममा भित्राएको बताएको छ । १५ वर्ष अगाडि ‘मायाज बार’बाट फिल्म डेब्यु गरेका गजित २ दर्जन हाराहारी फिल्म अभिनय गरिसकेका छन् । अभिनयमा माहिर बिष्ट ‘महाराजधिराज’को कथा र टिम राम्रो भएकोले जोडिएको आफ्नो रोजाइमा परेको बताउँछन् ।
बिष्ट फिल्मका निर्माता समेत हुन् । उनले ‘लभ यु बाबा’ र ‘हैरान’ निर्माण गरेका थिए । उनी टेलिभिजन रियालिटी शोहरूको निर्देशन समेत गर्दै आएका छन् ।
हालसम्मको कलाकारहरूको लाइनअप हेर्दा फिल्ममा स्टारकास्टको भिड लाग्ने देखिएको छ। यो फिल्ममा यसअघि आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, वर्षा शिवाकोटीलगायत कलाकारहरू अनुबन्ध भइसकेका छन्। ‘महाराजधिराज’ परिच्छेद सेनले निर्देशन गर्दैछन्। लेखन पनि उनी स्वयंको रहनेछ। यसअघि पोस्टर सार्वजनिक गरिएको यो फिल्म फूलपातिमा प्रदर्शन हुनेछ। परिच्छेद सेनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ ले राम्रो प्रतिक्रिया पाएको थियो।