
काठमाडौं । आज भन्दा १७ बर्ष अघि राजु ढकालसँग अन्तर्जातिय बिवाह गरेकी चर्चित लोकदोहोरी गायिका देवी घर्ति मगरले आफूले अन्तर्जातिय बिहे गरेकी हुँ भन्ने फिल नै नहुने बताउँछिन् । आज भन्दा २० बर्ष अघिको कुरा हो उनी चर्चित भइसकेकी थिइन् । त्यो बेला गायिका रेवती पौडेलसँग काठमाडौंमा एउटै कोठामा डेरामा बस्थिन् । त्यो समयमा गण्डकी दोहोरी साँझमा काम गर्थिन् । त्यहि दोहोरीमा गायक राजु ढकालले पनि काम गर्थे । अलि अलि बोलचाल हुन्थ्यो बिस्तारै बोल्दै गएपछि उनीहरु बाहिर पनि भेट्न थाले ।
देवी घर्तीले आर्टिष्ट खबरको लोक पोडकास्टमा भनेकी छिन्, ‘हाम्रो लुकिछिमी भेट नै भएन, दोहोरी जाने बेलामा काठमाडौं मलमा चाउमिन खान भेट्थेउँ, त्यहि नै अहिलेको भाषाको डेटिङ हो भन्दा हुन्छ । मेरो त्यो बेलामा समय पनि हुन्थेन । गीतहरु हिट भइसकेका थिए । रेकर्डिङमा बोलाउनुहुन्थ्यो धेरै स्टुडियोमा गइरहन्थेँ । त्यसरी नै भेट हुँदै गएपछि नजिक भइयो । एकअर्काको परिवारलाई थाहा दिइयो र मज्जाले बिहे गरियो । अन्तर्जातिय बिहे भनेर डराएर, लुकिछिपी गरेर भागेर बिहे गर्नु नै परेन ।’ गायिका देवीले उनी बि.स. २०६५ मा राजुसँग बिहे गरेकी हुन् । अहिले उनीहरुको एक छोरा १४ बर्षको पुगिसकेका छन् ।
बाँकी भिडिओमा: