सकियो अनमोल र पलको मनमुटाव चर्चा

...

काठमाडौं । नायक पल शाह र अनमोल केसी बीचको मनमुटाव चर्चा धेरी समयअघि देखि थियो। उनीहरु आमने-सामने पर्दैनन् एकसाथ सहकार्य गर्दैनन् भन्ने समाचारहरु पनि बनिरहे। तर अन्तत यो हल्लामा पूर्णविराम लागेको छ।

केही दिनअघि कतारमा आयोजित कार्यक्रममा अनमोल केसी र पल शाह एउटै फ्रेममा देखिए । यी दुईजना एकसाथ देखिएको सम्भवतः यो पहिलोपटक हो, जसले गर्दा मिडियामा पनि यी दुईको चर्चा भयो । दुबैजनाले एकअर्कालाई बधाई दिदै हात मिलाएका छन्।

फ्यानले  यी दुई कलाकारसँग बसेर  खिचाएको फोटो यतिबेला सामाजिक संजालमा भाइरल भईरहेको छ।