
काठमाडौँ। नेपाली सीने क्षेत्रमा ४ दशकदेखी सक्रीय रहेका राजेश हमाल आजबाट ६१ वर्षमा प्रवेश गरेका छन् । उनलाई सदैव एउटै प्रश्न सोधीने गरीन्छ तपाईको उमेर कती भयो भन्ने तर राजेश हमालले हास्दै सधै एउटै उतर दीने गर्छन् भर्खर त जवान हुुदै छुु ‘मेरो उमेर २५ भन्दा माथि छैन ।’
बालकदेखि वृद्धसम्म उनको क्रेज अझै उस्तै नै छ । ८ बर्ष फिल्म क्षेत्रबाट अलग रहँदा पनि हमालको चर्चा कहिल्यै सेलाएन । अहिले उनको कमब्याक चलचित्र ‘नरसिंहा अवतार’ हलमा लागिरहेको छ।
१९६४ जुन ९ मा पाल्पामा जन्मिएका हमाल ‘युगदेखि युगसम्म’बाट नेपाली सिनेक्षेत्रमा प्रवेश गरेका थिए। हमालले आफ्नो करिअरमा ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।