पल शाह अभिनित ‘मोहर’को टिजर सार्वजनिक

...

काठमाडौँ । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘मोहर’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले ओएसआर डिजिटलको च्यानलबाट चलचित्रको  १ मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।

सार्वजनिक टिजरमा नायक पल शाहको दोहोरो अवतार देख्न सकिन्छ । पल लामो र छोटो कपालमा देखिएका छन् । फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता चुम्बन जङ्ग शाही हुन् ।

ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा पल शाह, अर्जुन जङ्ग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नवीन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।