एक सयमा ‘अञ्जिला’ हेर्न पाईने

...

काठमाडौं । अब मात्रै एक सयमा ‘अञ्जिला’ चलचित्र हेर्न पाईने भएको छ।  गत बैशाख १९ गते ५१औं दिन मनाएको चलचित्रले आगामी असार ५ गते प्रदर्शनको सय दिने यात्रा पूरा गर्न लागेको हो । यो चलचित्र यतिबेला सामाखुसीस्थित सिटी स्क्वायर मलमा रहेको क्यूएफएक्स हलमा प्रदर्शनरत छ ।

प्रदर्शनको एक सय दिन पुग्न एक साता बाँकी रहँदा क्यूएफएक्स चेनले निर्मातासँगको सहमतिमा ‘अञ्जिला’लाई एक सय रुपैयाँमा देखाउने निर्णय गरेको छ । बुधबार क्यूएफएक्सले फेसबुक र इन्स्टाग्राममा एक पोस्ट गर्दै जुन १२ बिहीबारबाट यो अफर लागू हुने जनाएको छ ।

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित भएर बनेको यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।