
काठमाडौँ। गायिका शान्तिश्री परियार र गायक सज्जन बोहोराको आवाजमा सजिएको नयाँ लोकभाका ‘मेरो परान’ सार्वजनिक भएको छ। शिव हमालको शब्द, सज्जन बोहोराकै लय,विशाल घिमिरेको निर्देशन,मुकेश नेपालीको कोरोयोग्राफी, सुरेश कोहली र जुना विश्वकर्माको अभिनय रहेको यो गित तिन दिन अघि सज्जन बोहोराकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
गीतमा एक नजरमै मन त्यतै गईहाल्छ, माया बस्ला बस्ला झैँ भईहाल्छ
बाहिर हल्ला हुदैन कहिपनि ,तिम्रै मान्छे हम केरे मैपनि ..परान ए मेरो परान म त तिम्रै हु माया गरन लगायतका शब्द समेटिएको छ।
गितलाई युटुयुबमा सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। गीतमा एक प्रेमिल जोडी र उनीहरुबीच फक्रिन लागेको प्रेमसम्बन्ध देखाईएको छ।