काठमाडौँ। अभिनेता अनमोल केसीले करिअरकै सस्तो बजेटको चलचित्रमा काम गर्ने भएका छन् । चलचित्र ‘बाटुलो जून’ मा उनले बिना पारिश्रमिक काम गर्दैछन्। उनि मात्रै नभएर उनका बुवा भुवन केसीले पनि बिना पारिश्रमिक निर्देशन र अभिनय गर्दैछन्। चलचित्र विकास बोर्डमा यो चलचित्र दर्ता गर्दा बजेट २५ लाख उल्लेख गरिएको छ ।
नेपालका महंगो अभिनेतामध्ये एक हुन्, अनमोल केसी । तर, अब अनमोलले करिअरकै सस्तो बजेटको चलचित्रमा काम गर्ने भएका छन् । भुवन केसीले निर्देशन गर्न लागेको ‘बाटुलो जून’ सनराइज पिक्चर्सबाट फिल्म दर्ता गरिएको छ ।
निर्मातामा जिया केसीको नाम छ । चलचित्रको सम्पूर्ण आर्थिक भार जियाले उठाउँदैछिन् । जिया लामो समयदेखि भुवनसँग ‘लिभिङ रिलेसनसिप’मा छिन् ।‘बाटुलो जून’को छायांकन यही असार दोस्रो साता बाट मकवानपुरको चित्लाङमा गरिँदैछ ।







२ असार २०८२, सोमबार १३:१६ 








