विवाहले नरोकेको स्वस्तिमाको करियर भन्छिन् -सन्तानको योजना छैन

...

काठमाडौँ। अभिनेत्री स्वस्तिमा खड्काले नेपाली सिने नगरीमा डेब्यु गर्दै गर्दा नै निर्माता,निर्देशक तथा अभिनेता निश्चल बस्नेतसँग विवाह गरिन्। त्यतिबेला उनले ‘होस्टल रिटर्न्स’चलचित्रमा मात्रै काम गरेकी थिईन्। करियरको सुरुवाती दिनमै विवाह गर्दा धेरैले उनलाई यति छिटै विवाह नगर्न सम्झाए,कतिले अब उनको करियर नै सकिने अड्कल काटे तर न त उनले विवाह गर्न पछि हटिन्, न त उनको करिअर नै सकियो।

कतिपय व्यक्तिहरुले उनले निर्माता,निर्देशक श्रीमान् पाएर करिअरको सुरुवातमै विवाह गर्न तयार भएको अनुमान पनि गरे। तर यता स्वस्तिमा भन्छिन् मैले मेरो श्रीमान् सँग सहकार्य गरेका कामहरु एकदमै कम छन्। उहाले निर्माण गर्नुभएको निर्देशन गर्नुभएको चलचित्रहरुमा म छैन। यसकारण निर्माता-निर्देशक भएका कारणले विवाह गरेको भन्न मिल्दैन।

वास्तवमा उनले विवाहपछि नै आफ्नो करियर निर्माण गरिन्। उअनले यतिबेला आफुलाई एक सफल र स्थापित कलाकारको रुपमा प्रमाणित गरिसकेकी छन्। ‘होस्टल रिटर्न्स’ पछि ‘छक्का पन्जा’ , ‘बुलबुल’ हुदै उनले आजका दिनसम्म हिट -हिट चलचित्र दिइसकेकी छन्। नेपाली चलचित्रमा प्रवेश गर्नु भन्दा पहिले, उनले १७ वर्षको उमेरमा मिस टिन नेपालमा भाग लिएकी थिइन्।

निश्चल र स्वस्तिमाको विवाह भएको एक दशक पुगिसकेको छ। यतिन्जेलसम्म उनीहरुले सन्तान जन्माएका छन्। र अझै केहि वर्ष आफुहरुले सन्तानको योजना नबनाएको स्वस्तिमा सुनाउछिन्।