
काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले पनि चलचित्र निर्माणमा हात हालेका छन्। उनले ‘गोबर गणेश’ नामक चलचित्र निर्माणका लागी चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिइसकेका छन्।
कलाकारमा सीतादेवी तिमल्सिना र पूजन घिमिरे तय छन् । मरिचमान आफैले अभिनय गर्नेछन् वा छैनन्, खुलेको छैन । मरिचमानको आफ्नै फिल्म निर्माण कम्पनी बल्छीधुर्बे फिल्म्स प्रालिले यो चलचित्रको निर्माण गर्दैछ ।
फिल्मको कथा अहिले खुलाइएको छैन । केही समयमै फिल्मको टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्मबारे विस्तृत जानकारी दिने उनको तयारी छ । ‘मेरी बास्सै’ चर्चामा छाएका कलाकार मरीचमान पछिल्लो समयमा ‘हल्का रमाइलो’ र ’जुठे’ सिरियलमा देखिँदै आएका छन् ।