
काठमाडौँ। पहिलो कमेडी च्याम्पियन बिजेता हिमेश पन्त कमेडी संगसंगै राजनीतिमा पनि सक्रिय छन्। गत प्रतिनिधिसभाको चुनावमा उनले रास्ट्रीय स्वतन्त्र पार्टीबाट चुनाव समेत लडेका थिए । तर कमेडी यात्रामा सरह राजनीतिक यात्रामा भने उनि सफल हुन सकेनन् । अब २०८४ मा चुनावमा उनि पुन चुनाव लड्छन् या लड्दैनन् यो भने सबैको कौतोहलताको विषय छ।
यसै सन्दर्भमा हिमेश पन्त भन्छन् रवि दाईले नै तपाई जत्तिको व्यक्ति राजनीतिमा आउनुपर्छ, केहि गर्नुपर्छ भन्नुभयो अनि मैले पनि आट गरे। राम्रै भोट पनि पाए तर चुनाव जित्न सकिन। त्यसपछि म फेरी आफ्नै कर्ममा फर्किए। अहिले कमेडी दरबारमा आवद्द छु। यतिबेला मलाई धेरैले सल्लाह-सुझाव पनि दिइरहनुभएको छ। कतिले तपाई त राजनीतिमै लाग्नुपर्छ निरन्तरता दिनुस् भन्नुहुन्छ कतिले हैन तपाई त कलाकारितामै ठिक हुनुहुन्छ पनि भन्नुहुन्छ यसकारण २०८४ मा उठ्ने विषयमा सोचिरहेको छु।
हिमेशले हालसालैको एक अन्तर्वार्तामा आफु अहिले रास्ट्रिय स्वतन्त्र पार्टीमा आवद्द नरहेको पनि खुलाएका थिए। अब उनले राजनीतिलाई बिट मार्छन्, या फेरी चुनाव लड्छन् त्यो भने २०८४ मै खुल्ने छ।