दृष्टिबिहिन आमाघरका ७० जनालाई माया थामीको नेतृत्वमा देवकुमारले गरे सहयोग

...

काठमाडौँ । अस्ट्रेलियामा बस्दै आएका समाजसेवी देव कुमार पाख्रिनले गोकर्णेश्वर १, सुन्दरीजल नयाँपाटीमा रहेको दृष्टिबिहिन आमाघर सामाजिक संस्थामा रहेका ७० जनालाई सहयोग गरेका छन् । समाजसेवी माया थामीको नेतृत्वमा संस्थामा रहेका बालबालिका देखी बृद्धलाई बिभिन्न आवश्यक सामाग्री सहयोग गरियो ।

खाद्यान्न तथा लत्ताकपडा साथै बिद्यार्थीलाई स्कुलका लागी चाहिने कपि कलम, जुत्ता लगायतका सामाग्रीहरु प्रदान गरिएको समाजसेवी तथा कलाकार माया थामीले आर्टिष्ट खबरलाई जानकारी दिइन् । माया भन्छिन्, ‘दृष्टिबिहिन आमाघर एक सामाजिक संस्था हो, यहाँ रहनुभएका बालबच्चा, आमाबुबाहरुलाई आवश्यक परेको लत्ता कपडा देखी कपि किताबहरु सहयोग गरिएको छ । यो कार्यमा जोडिनुभएका बिशेषगरी अस्ट्रेलिायमा रहनुहुन देव कुमार सरसँगै ब्यवस्थापक प्रसुन थिङ तामाङ, सन्जय मगर लगायतलाई पनि बिशेष धन्यवाद दिन चाहान्छु ।’