०८४ मा चुनाव जित्न लागिपरेकी कोमल वली

...

काठमाडौँ। गायिका कोमल वली भनेर आफ्नो परिचय स्थापित गर्न सफल  कोमल वली पछिल्लो केहि वर्ष यता राजनीतिमा होमिएकी छन्। उनीमा राजनीतिको लगाव यति लाग्यो कि गीतसंगीत भन्दा राजनीति रोज्न थालिन्। धेरै समय यता उनि मिडियामा पनि देखिएकी छैनन्। हरेक समयमा गित निकाल्ने कोमल अहिले निकै कम संख्यामा गित गाउने गर्छिन्।

गीतसंगीत र मिडियाबाट हराउनुभयो आजभोलि के गर्दै हुनुहुन्छ ? भन्ने प्रश्नमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट राजनीतिमा सक्रिय रहेको कोमल वली भन्छीन्, म अहिले मिसन चौरासीमा लागिरहेको छु। पार्टिले मलाई दाङ्ग क्षेत्र न ३ मा इन्चार्जको जिम्मेवारी दिएको छ यसकारण म काठमाडौँ भन्दा बढी दाङ्गमै हुन्छु यसकारण मिडियाभन्दा पर भएको हो।

उनि संचारकर्मी, गायिका संगै राजनीतिज्ञ हुन्। एक समय थियो कोमल वलीका गितहरु निकै चर्चामा थिए। उनका गित नाआएसम्म तिज आएजस्तो भान हुदैनथ्यो। पोइला जान पाम, बाझो खेतमा,मलमलकिरि जुनकिरी,तुलसीपुरमा म जादा खेरि लगायत उनका सर्वाधिक रुचाईएका हिट गित हुन्।