६१ लाख पारिश्रमिक लिएका ‘माग्ने बुढा’

...

काठमाडौँ। कलाकार केदार प्रसाद घिमिरे ( माग्ने बुढा )ले ६१ लाख पारिश्रमिक लिएको विषय अहिले सर्वाधिक चर्चामा छ। कतिले यसलाई समाचारको विषय मात्रै बनाईएको भनिरहेका छन् भने कतिले यति रकम उनले डिजर्भ गर्छन् पनि भनिरहेका छन्।

यतीबेला ‘माग्ने राजा’का कलाकार केदार प्रसाद घिमिरे स्वयम् ले यो कुराको पुष्टि गरेका छन्। उनि भन्छन् मैले सबै रकम पाईसकेको छैन। पुरै रकम पाएपछी राज्यको कर पनि तिर्छु।

साथै  निर्माता मुनाल घिमिरेले पनि थपेका छन् ६१ लाख रुपैयाँ पारिश्रमिकमा उनलाई फिल्ममा अनुबन्धित गरिएको हो । उनले  भनेका छन् , ‘केदार घिमिरेलाई सम्झौताको बेला ५१ लाख दिएको हुँ । अझै १० लाख दिन बाँकी नै छ । उहाँलाई ६१ लाख तिर्ने प्रतिबद्धता भएको हो ।’