४-५ लाख दिन्छु भनेर म्युजिक भिडियोमा अफर आउँछ -पल शाह

...

काठमाडौँ। नायक पल शाह यस्ता अभिनेता हुन् जो चलचित्रमा भन्दा धेरै म्युजिक भिडियोमा व्यस्त हुन्छन्। उनलाई फापेको पनि यहि नै छ। पल अभिनित चलचित्र त्यति हिट छैनन् जति उनले काम गरेका म्युजिक भिडियोहरु सुपरहिट छन्।

हालसालै उनलाई एक चलचित्रको गित रिलिज कार्यक्रममा प्रश्न गरिएको थियो। तपाई किन म्युजिक भिडियोमा धेरै काम गर्नुहुन्छ ? ,म्युजिक भिडियोमा  काम  गर्दा हिरो को स्टार्डम घट्दैन ? उनले हास्दै जवाफ दिएका छन्, अन्य हिरोहरुलई पनि म्युजिक भिडियोको अफर आउथ्यो भने गर्नुहुन्थ्यो होला। मलाई एउटै म्युजिक भिडियोको लागि ४ लाख ५ लाख दिन्छु भनेर अफर गर्नुहुन्छ अनि मैले किन नगर्ने ?

उनि थप सुनाउछन्, म अरु जस्तो छैन मलाई पब्लिकसंग प्रत्यक्ष भेट्न,बोल्न आशिर्वाद लिन मन लाग्छ। म्युजिक भिडियोमा काम गरेकै कारण मेला- महोत्सवमा निमन्त्रणा गर्नुहुन्छ। हरेक जिल्लामा पुग्न पाईरहेको छु। बुढा-बुढा बा -आमाले छोएर आशिर्वाद दिनुहुन्छ यो भन्दा ठुलो खुशी मेरो लागि अरु केहि छैन यसकारण म म्युजिक भिडियो गर्छु।