नराम्रो कमेन्ट गर्नेलाई समिक्षाको जुक्ती, माफि माग्न बाध्य बनाईन्

...

काठमाडौँ । गायिका समिक्षा अधिकारीले आफुलाई नराम्रो कमेन्ट गर्न व्यक्तिहरुलाई सवक सिकाएकी छन्। उनले आफ्नो पोस्टमा नराम्रो टिप्पणी गर्ने एक प्रयोगकर्ताको फेसबुक आइडि सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् ।

समिक्षाले फेसबुकमै आइडि सेयर गरेपछि नराम्रो कमेन्ट गर्ने  ती प्रयोगकर्ताले  गायिकासँग माफी मागेका छन् । ती प्रयोगकर्ताले गायिका अधिकारीसँग क्षमा माग्दै लेखेका छन्, ‘समीक्षा बहिनी जे लेखियो, त्यसको लागि हृदयदेखि माफी माग्छु । यसलाई लामो बनाउनुभन्दा फेरि भेट हुँदा हात जोडेर माफ मागुँला।

अधिकारीले पनि उनको माफी स्वीकार गर्दै उनले गरेको अभद्र टिप्पणीसहितको स्क्रिनसट हटाएकी छन् । उनले लेखेकी छन्, ‘माफीको दायरालाई मैले नाघ्न सकिनँ, त्यसैले उहाँलाई माफीसँगै अरूलाई आफ्नो व्यक्तित्व चिनाउनु पूर्व पहिलो आफूलाई चिन्नुहोस् । सङ्घर्षको मैदानमा हिँड्दा हिँड्दै लडेर पनि उठेको मान्छे म । अरूलाई लडाउँछु भन्दा आफू पनि लडिन्छ भन्ने कुराको सबै जनाले ख्याल गर्नुहोला ।’ ती प्रयोगकर्ताले गायिका अधिकारी लाई दश लाख शब्द जोडेर कमेन्ट गरेका थिए।