अनमोल केसी र चलचित्र ‘फर्की फर्की’ विरूद्ध मुद्दा दायर, कारण के हो ?

...

काठमाडौं। अभिनेता अनमोल केसी र चलचित्र ‘फर्की फर्की’ निर्माण पक्षविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।  गत वर्षको जेठ १० गते प्रदर्शनमा आएको चलचित्र ‘फर्की फर्की’ले अनुमतिविना आफ्नो  नम्बर चलचित्रमा प्रयोग गरेको भन्दै साहित्यकार नरेन्द्रकुमार श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र एमएसएम ओटीटी प्ल्याटर्फममा पनि मोबाइल नम्बर नहटाइएकोले आफूलाई मानसिक र शारीरिक रुपमा नै हानी पुगेको भन्दै उनले मुद्दा दायर गरेका हुन् । चलचित्रको एउटा संवादमा अनमोलले अभिनेत्री जसितालाई नम्बर दिने क्रममा दिएको नम्बर श्रेष्ठको परेपछि उनी अदालतको ढोका ढकढकाउन पुगेका हुन् ।

श्रेष्ठले अभिनेता केसी, निर्देशक सुयोग गुरुङ, केन्द्रीय जाँच पास समिति, निर्माता अधिकारीलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका छन् ।