निखिल उप्रेतीको फिल्ममा बलिउड अभिनेता

...

काठमाडौँ। अभिनेता निखिल उप्रेतीले आगामी चलचित्र ‘आचार्य’मा बलिउड अभिनेता संजय दत्त वा सुनिल सेट्टी मध्ये एकलाई क्यामियो रोलमा देखाउने भएका छन्। क्यामियो रोल भएपनि फिल्मको बलियो भूमिकामा यी अभिनेता देखिने स्रोतले बताएको छ।

चलचित्रको मुख्य भूमिकामा निखिल स्वयम् र पूर्णिका सिजापति रहने छन्। व्यवसायिक मोडल समेत रहेकी पूर्णिकाले यो फिल्मबाट डेब्यु गर्दैछिन् । यो चलचित्रको छायांकन जुलाईदेखि काठमाडौं र भारतमा हुने बुझिएको छ।

नेपाल र भारतमा छायांकन हुने चलचित्रको छायांकन सुरुवात काठमाडौंबाट गर्ने तयारि चलिरहेको छ ।