रेडियोमा ‘आरजे’ देखि सफल कमेडियनसम्मको सुन्दरको यात्रा

...

काठमाडौँ। अहिलेका चर्चित कमेडियन सुन्दर खनाल सानैदेखि अरुको क्यारिकेचर गर्न रुचाउथे र गर्थे पनि। उनले केहि वर्ष रेडियोमा आरजे भएर पनि काम गरे। त्यसपछि शहर पसेका सुन्दरले आज यो स्थानमा पुग्न धेरै संघर्ष गर्नुपरेको छ। विशेषगरी उनले गरेको रंग पत्रकार प्रकाश सुवेदी अर्थात (चिप्लेटी अंकल) को क्यारिकेचरलाई दर्शकश्रोताले निकै मन पराईएको छ। (चिप्लेटी अंकल) को क्यारिकेचर गरेपछि उनि सबैको नजरमा परे।

तनहुमा जन्मिएका सुन्दरको रुचि सानैदेखि कलाकारितातर्फ नै थियो। काठमाडौँ आएपछि उनले कमेडी सो हरुमा भाग लिन थाले तर दर्शकको नजरमा भने क्लिक हुन् सकेका थिएनन् । र अन्तत कमेडी च्याम्पियनमा भाग लिएपछि उनको जीवनले लय लियो। अहिले त विक्की अग्रवाल निर्देशित कमेडी दरबारमा उनि निकै रुचाइएका कलाकार मध्य पर्छन्। सुन्दरको विषयमा अर्को नयाँ कुरा के हुनसक्छ भने उनि गित पनि लेख्छन्। रचनाकार हुन्।

sundar

सुन्दरका बुवा शिक्षक पेशामा आवद्द छन्। यसकारण बुवाको चाहना थियो छोरो पनि सरकारी जागिरे बनोस्। तर सुन्दरले आफ्नै चाहानाको क्षेत्र रोजे र आज यो स्थानमा पुग्न सफल भएका छन्। केहि टेलिसिरियलहरुमा समेत काम गरिसकेका सुन्दर अब छिट्टै चलचित्रमा पनि डेब्यु गर्ने तयारीमा छन्।

sundar - rajatpat