एलिना भन्छिन्, अब चुप लागेर बस्दिन

...

काठमाडौँ। गायिका एलिना चौहान भन्छिन् जति नबोलेर बस्यो ,जति चुप लाग्यो ,जति साह्यो त्यति हेपाई खेदो रहेछ। केहिसमयअघि प्रिज्माहरुले ऋचादिदीले समिक्षाले कमेन्ट बाहिर निकालेको देखेर अब चै ठिक हुन्छ होला, शान्त हुन्छ होला भन्ने सोचेको थिए।मलाई लाग्थ्यो भर्खर भर्खर यो कुरा भईरहेको छ विस्तारै सेलाउछ होला सधै यस्तै नहोला भन्ने सोचेको थिए । उनि थप भन्छिन् अनि तिमीहरु जहिले यहि कुरा गर्ने जहिले यहि कुराले घोचिरहने ,तिमीहरुको के खाइदेको छ ?

सेलिब्रेटी, रास्ट्रिय कलाकार भएपछी सहनुपर्छ रे ,कसले भन्यो सहनुपर्छ भनेर ? सहनुपर्दैन कसैले पनि नराम्रो गरेको सहनुपर्दैन। म अरुलाई पनि नराम्रो गर्दिन र आफु पनि नराम्रो हुन दिन्न। नराम्रो कमेन्ट गर्ने सबैजनालाई केश गर्छु। सहन नसकेर यो भिडियो बनाएको होईन। किन सहनु भनेर मात्रै बाहिर निकालेको हो। तिमीहरुको घरमा दिदीबहिनी छैन ? आमा छैन ? मैले सहन सकेपनि मेरो आमाबाबाले नसहन सक्नुहुन्छ, मेरो दिदीबहिनीले नसहन सक्छन्। यसकारण अब चुप लागेर बस्दिन।

एलिनाले आफुलाई पुर्वपति विष्णु सापकोटाको नाम जोडेर सामाजिक संजालमा नराम्रो कमेन्ट गर्नेहरुलाई उल्लेख गर्दै एक भिडियो बनाएर पोष्ट गरेकी छन्। हुन् भिडियोमा उनको आक्रोश देख्न सकिन्छ।