‘सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन २’ का विजेताले पुरस्कारमा ईभी कार पाउने

...

काठमाडौँ । प्रसारण भइरहेको बालबालिकाहरु बिचको गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन २’ का विजेताले पुरस्कार स्वरूप कार पाउने भएका छन् । आयोजक नो बडी प्रोडक्सनले एलआरआर मोटर्ससँगको सहकार्यमा बिजेतालाई एउटा ब्रान्ड न्यू बि.ए.डब्लु विद्युतीय कार दिने भएको हो । नेपाली किड्स रियालिटी शोको इतिहासमै पहिलो पटक विजेताले कार जित्नेछन् ।
आयोजकले बिज्ञप्ती सार्वजनिक गर्दै भनेको छ, ‘एउटा नेपाली परिवारको आफ्नै कारको सपनालाई बाल–प्रतिभाको माध्यमबाट साकार पार्नेछ । विजेता बालप्रतिभाले आफ्ना आमाबुवालाई नयाँ कार उपहार दिन पाउने यो अद्भुत पल आमाबुवाको बलियो साथ र समर्पण प्रतिको एउटा सच्चा सम्मान पनि हो ।’
यस्तै एलआरआर मोटर्सका निर्देशक जीवन कुमार शाहले यति भव्य र प्रतिष्ठित कार्यक्रमसँग सहकार्य गर्नु हाम्रो यात्राको नयाँ अध्याय रहेको बताएका छन् । उनले भनेका छन्, ‘कृत्रिम ‘भ्यु–बुस्ट’ वा संख्यात्मक भ्रम मा अधिकांश शोहरू रुमल्लिरहेको अवस्थामा ओर्ग्यानिक ग्रोथ मा विश्वास गर्ने रियालिटी शोसँग जोडिन पाउँदा हामी निकै नै खुसी छौँ। हाम्रो यो सानो प्रयासले नेपाली संगीत क्षेत्रमा एउटा मात्र इट्टा थपेछ भने पनि हामीले हाम्रो सहयात्रालाई सफल मान्नेछौँ ।’

नोबडी प्रोडक्सन की प्रोजेक्ट हेड सुरक्षा अधिकारीले कसैको स्वरको सामर्थ्यले परिवारका लागि कार जित्नु निकै नै सुन्दर कुरा रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘सोच्नुहोस् त १५ वर्ष मुनिका बालबालिका हरू मध्ये कसैले जितेको कारमा आमाबुवा घुमिरहेको पल ।’ यस सिजनमा दिप श्रेष्ठ, सुवानी मोक्तान र स्वप्न सुमन निर्णायकमा छन् । साथै दश सदस्यीय ग्रान्ड ज्युरी (संगीत विज्ञहरू) छन्ज, सले दोस्रो लिटल च्याम्प्स निखार्ने अभिभारा पाएका छन् । शोको सुमन कार्कीले होस्ट गरिरहेका छन् भने शोको डिरेक्टर एलिन श्रेष्ठ हुन । शोको टाइटल प्रायोजन वर्ल्डलिंकले‌ गरेको छ।

शो डोको युट्युव र स्पेश फोके टिभीमा प्रत्येक आइतबार र सोमबार राति ८ः३० बजे प्रसारण भइरहेको छ ।