काठमाडौँ। चलचित्र ‘नाकछोङ’ (बिजुवा) को पोस्टर सार्वजनिक गरिएको छ । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको चलचित्रको पोस्टरमा मुख्य कलाकार भुवनसिंह राईलाई प्रस्तुत गरिएको छ । पोस्टरको पृष्ठभूमिमा काठमाडौँ सहर र बिजुवालाई समेटिएको छ ।
चलचित्रमा यासेली योङहाङ, सुषमा सुब्बा गुरुङ, सारा राई, तायाहाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बू, त्रिचु राई, दिनेश कोइरालालगायतको अभिनय रहेको छ । चलचित्रको निर्देशन किरण राईले गरेका छन्। राजन मुकारुङ र विष्णु किराँतीको शब्द, दिनेशकाजी बान्तवा, अनिल कोई राईको सङ्गीत रहेको चलचित्रको गीतमा नोगेन लिम्बू र परेश राईले स्वर दिएका छन्।
बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा कार्यकारी निर्माता रमु श्रेष्ठ रहेका छन्। फिल्मको पटकथा निर्देशक किरण र निर्माता ज्योतीराजले मिलेर लेखेका हुन् । फिल्मलाई स्वदेश तथा विदेशका विभिन्न महोत्सवमा देखाएपछि सार्वजनिक प्रदर्शन गरिने स्रोतले बताएको छ।







१२ असार २०८२, बिहीबार १०:१४ 








