काठमाडौँ। एक समय निकै चर्चा कमाएकी नायिका पूजा लामा पुन सिनेनगरिमा फर्कने तयारीमा छिन्। उनले कलाकारिता छाडेको नै झन्डै दुई दशक पुग्न लागिसकेको छ। यहीबीच मिडियामा देखिन थालेकी पूजा अब आफु राम्रो कामहरुको अफर आएमा कमब्याकको तयारीमा रहेको बताएकी छन्।
उनि नायिका संगै गायिका पनि हुन्। ‘चिया बारीमा’ बोलको गित उनको सर्वाधिक हिट गित हो। यी लगायत अन्य थुप्रै गीतहरुमा उनले आवाज भरेकी छन्। अहिले हालसालै उनले नयाँ गित निकाल्ने तयारि गरिरहेकी छन्। उमेरले ४० कटीसकेकी पूजाको सुन्दरता अझै पनि उस्तै छ। उनको लुक्स यस्तो छ झट हेर्दा नेपाली नागरिक हो भनेर ठम्याउन गाह्रै छ।

एक प्राईभेट भिडियो सार्वजनिक भएपछी गुमनाम भएकी पूजाको पहिलो श्रीमान् बाट एक छोरा पनि छन्। विवाद पछी दोस्रो विवाह गरेकी उनको त्यो सम्बन्ध भने लामो समय टिक्न सकेन। त्यसपछि उनले धर्म समेत परिवर्तन गरेकी थिईन्। बुद्दिस्ट धर्म मान्ने पूजाले इस्लाम धर्म ग्रहण गरिन्। तर अहिले भने उनि पहिलेकै आफ्नो पुर्खाको धर्म मान्ने कुरा सुनाउछिन्। ४० को उमेरपछि को उनको कमब्याक कस्तो होला ? दर्शकस्रोताको नजरमा पहिलाजस्तै राज गर्छिन् या उनको रहर मात्रै हुनेछ त्यो भने समयले देखाउला।








१२ असार २०८२, बिहीबार १२:४३ 








