निर्मल शर्माले गरे पारिश्रमिक नलिने घोषणा

...

काठमाडौँ। कलाकार तथा निर्माता निर्मल शर्माले आफूले खेलेको असफल फिल्मबाट पाउन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने घोषणा गरेका छन् ।उनले बिहीबार फेसबुकमा एक पोस्ट गर्दै निर्माता बचाउन आफूले यो निर्णय गरेको जनाएका छन् ।

उनले लेखेका छन्, ‘म कलाकारिता रुचाउने सामान्य कलाकार, फिल्म क्षेत्रप्रतिको अगाध प्रेम र निर्माता पहिले सुरक्षित हुनुपर्छ अनि मात्र यो क्षेत्र चलायमान हुन्छ भन्ने मान्यता राख्छु । मैले कुनै महान काम त गरेको हैन तर हालसालै प्रदर्शन भएको आफूले पनि खेलेको फिल्मले नसोचेको असफलता पाएपछि निर्माताको ज्यादै माया लाग्यो । सम्झौता पत्र हातमै छ, लिन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने निर्णय गरेँ । मनले मानेन ।’

यतिबेला कलाकारहरुले महँगो पारिश्रमिकमा फिल्म सम्झौता गरिरहेको चर्चा चलिरहेको समयमा कलाकार तथा निर्माता निर्मल शर्मा ‘गैंडा’ले भने आफूले खेलेको असफल फिल्मबाट पाउन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने घोषणा गरेका हुन्।