काठमाडौँ। अभिनेता सलोन बस्नेतकि श्रीमती करिश्मा केसी बस्नेतले आफुलाई चलचित्रमा डेब्यु गर्ने इच्छा रहेको बताएकी छन्। ससुरा सोभित बस्नेतको चलचित्र ‘पीआर’को टिजर रिलिज कार्यक्रममा पुगेकी करिश्माले मनको कुरा खुलाएकि हुन्।
फिल्मको अफर आएको छ कि छैन भन्ने प्रश्नमा उनि भन्छिन् झुट नबोली भन्नुपर्दा अहिलेसम्म अफर गर्नुभएको छैन। उनि हास्दै आग्रह गर्छीन् ‘कोई इच्छुक हुनुहुन्छ भने मलाई अफर गर्नुहोला’। उनि थप सुनाउछिन् , ‘सोभित ड्याडिको फिल्मबाट डेब्यु गरौ भने आफ्नै बुहारीलाई हिरोईन बनाएछ भन्नुहुन्छ,अनि सलोनको फिल्मबाट डेब्यु गरौ भने बुढिलाई हिरोईन बनाएछ भन्नुहुन्छ यसकारण म डेब्यु घरबाहिरकै फिल्मबाट गर्न चाहान्छु’।
पहिला क्याबिन क्रु रहेकी करिश्माले छोरी जन्माएपछी जागिरलाई बिट मारिन्। उनि अहिले एक कन्टेन्ट क्रिएटर,तथा मोडलको रुपमा काम गरिरहेकी छन्। उनले थुप्रै म्युजिक भिडियोमा समेत काम गरिसकेकी छन्।







१३ असार २०८२, शुक्रबार १०:२६ 








