काठमाडौँ। अभिनेत्री स्वेता खड्का भन्छिन् ‘छोरी नजन्मिएको भए म डिप्रेसन -एंजाइटीको शिकार हुन्थे।’ पहिलो विवाहको पिडामा केहि वर्ष विक्षिप्त भएकी स्वेताले दोस्रो विवाह गरेर एक छोरीलाई जान दिएकि छन्।
विवाहपछि चलचित्रमा नदेखिएकि उनि अब चाडै कमब्याक गर्ने तयारीमा छिन्। उनि चलचित्र क्षेत्रमा आउनुभन्दा पहिले पनि बिजनेसमा आवद्द थिईन् र अहिले पनि उनि विभिन्न बिजनेसमा आवद्द छिन्।
कोरोना समयको त्यो कठिन समयको किस्सा सेयर गर्दै स्वेता भन्छिन् ‘कोरोनाको टाइममा सबै बिजनेस लसमा चलिरहेको थियो। त्यो समय म निकै प्रेसरमा थिए । आर्थिक कारोबार मिलाउन गाह्रो अवस्था थियो। म निकै प्रेसरमा थिए । सिचुएसन निकै कठिन थियो। त्यहि समयमा म गर्भवती भएछु । उनि थप भन्छिन् सायद त्यो समयमा अञ्जाईटि, डिप्रेसनको बिरामी बन्थे होला तर छोरी पेटमा आएपछि आफुलाई सकारात्मक राखे।’







१३ असार २०८२, शुक्रबार १४:३२ 








