‘छक्का पञ्जा’ पाईरेसीमा, फिल्म आयो युट्युबमा (फिल्म सहित)

...

पुस, काठमाडौं । अहिलेसम्मकै इतिहास रच्न सफल नेपाली चलचित्र ‘छक्का पञ्जा’ पाईरेसीमा परेको छ । चलचित्र पाईरेसीमा परेसँगै चलचित्र निर्माण युनिट र डिजिटल साझेदार ‘हाईलाइट्स नेपाल’को तुरुन्त निर्णय पछि युट्युवमा सार्वजनिक गरीएको छ ।
chakka panjaप्रदर्शनको सय दिन पार गरेर ऐतिहासिक रेकर्ड राखेको ‘छक्का पञ्जा’ अन्तराष्ट्रिय रिलिजको क्रममा थियो । यतिखेर चलचित्रका निर्माता दिपकराज गिरी र निर्देशक दिपा श्री निरौला चलचित्र प्रदर्शनकै लागी बेल्जियम पुगेका थिए । पुरा चलचित्रनै फेसबुक तिर भाइरल बन्न थालेपछि उनीहरु अहिले नेपाल फर्कन लागेका छन् ।

निर्माण दिपक राज गिरीले पनि आफ्नो फेसबुक मार्फत चलचित्र पाईरेसीमा परेको जानकारी दिएका छन् । चलचित्रको पाईरेसी कसले गरेको हो त्यो खोजी गरी कारबाही अघि बढाउन गिरीले आग्रह गरेका छन् ।
full movie :