आर्टिष्टको पारिश्रमिक चर्चाः निर्माताहरुलाई बिजय बराल भन्छन् ‘अप्सनमा जानुहोस्’

...

काठमाडौँ । अभिनेता बिजय बराललाई आज एक प्रश्न गरियो । ‘अहिले फिल्मका अभिनेताहरु निकै महंगा भएका छन् नि । महंगो पारिश्रमिकले गर्दा निर्माता मारमा परे भन्ने कुरा छ नि । तपाई के भन्नुहुन्छ ?’ अभिनेता बरालले निर्माता र कलाकार बिच दुई पक्षको सहमतीमा दिने र लिने हुन्छ भने ठिकै छनि भन्छन् । साथै उनले कलाकारहरु मैले भनेअनुसार नै पारिश्रमिक चाहिन्छ भन्दै महंगो डिमाण्ड गर्छन् रे भन्ने कुरामा त्यस्तो हो भने निर्माताले अरु अप्सनमा जानुपर्ने सुझाव दिन्छन् । उनी भन्छन्, ‘त्यति मान्छे चाहिन्छ भन्न थालियो भने कलाकारले पनि त नछाड्न सक्छन्, अप्सनमा कुदिहाल्ने होनि ।’

बिजय बराल पनि पहिला भन्दा अहिले धेरै डिमान्ड गर्ने गरेका छन् भन्ने हल्ला चल्ने गरेको छ तर उनले आफ्नो हकमा बाहिर हल्ला भएजस्तो त्यस्तो केहि छैन भन्छन् । ‘मेरो हकमा त्यस्तो केहि छैन ।’ बिजयले भनेका छन्, ‘मेरो पनि दुईपक्ष बिच सहमती हुन्छ, काम हुन्छ ।’

आज (शुक्रबार) ‘यो मन त मेरो नेपाली हो’ फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता बिजय बरालले पारिश्रमिक सम्बन्धि प्रश्नमा उत्तर दिएका हुन् । ‘यो मन त मेरो नेपाली हो’ यहि असार २७ गतेबाट रिलिजमा आउँदैछ । जसमा बिजय बरालसँगै बुद्धि तामांग, विल्सन बिक्रम साई, रोशन श्रेष्ठ, आयुषा समाल लगायतको मुख्य भूमिका छ । फिल्मलाई नर प्रधानले निर्देशन गरेका हुन् ।

Video Report: