‘छक्का पन्जा’को पाइरेसी गरेको आरोप लागेका युवकले गरे सुसाईट नोट सहित आत्महत्या

...

पुस, काठमाडौं । चर्चित चलचित्र ‘छक्का पन्जा’को पाइरेसी गरेको आरोप लागेका एक युवकले आत्महत्या रेका छन् । नवलपरासी कावासोती घर भएका २५ बर्षिय कृष्ण सुवेदी नामका युवाले कानुनी कारबाहिको डरमा हतोत्साहित हुँदै आत्महत्या गरेको बताईएको छ ।

aatahatya chakka panjaकाठमाडौं ९ भिमसेनगोलको विजयचोकमा बस्दै आएका सुवेदीले बिहीबार साँझ आत्महत्या गरेका हुन् । उनले डेराको फ्यानको सिलिङ गलबन्दीको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।


सुवेदीले सुसाइड नोट पनि लेखेका छन् । जसमा आफ्नो आत्महत्यामा कसैलाई दोष नदिनू भनिएको छ भने बैंकमा रहेको एक लाख रुपैयाँ बहिनीलाई दिनू भनिएको छ । ‘छक्का पञ्जा’को पाईरेसीको बारेमा भने सुसाईड नोटमा केहि लेखिएको छैन ।

चलचित्र पाइरेसीबारे अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाले उनीसहित चार जनासँग समान्य सोधपुछ गरेको थियो । तर, पाइरेसी गर्ने व्यक्ति अर्कै भएको र उनीहरुको संलग्नता नदेखिएकाले सचेत गराएर मात्र छाडेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताएका छन् ।