चर्चित र्याप गायक यम बुद्धले गरे आत्महत्या

...

चर्चित युवा गायक एवं र्यापर यम बुद्ध अर्थात अनिल अधिकारीको निधन भएको छ। लन्डनमा बस्दै आएका उनको लन्डन स्थित आफ्नै घरमा निधन भएको हो ।

yama-buddha-death-artist-khabar

२९ वर्षिय अधिकारी शनिबार आफ्नो बाथरुममा मृत भेटिएका थिए। यम आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए । उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवारका सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ । बीबीसीले बताए अनुसार अनिलका पारिवारिक सदस्यले मृत्युको पुष्टी गरेको जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ। साथी, आमा, आवरण जस्ता गीतका लागि चर्चित रहेका अधिकारी पछिल्लो समय खतरा एल्बम निकाल्ने तयारीमा थिए। उनले के कति कारणले आत्महत्या गरे भन्ने बारेमा भने केही खुल्न सकेको छैन् ।