पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति विजय लामाको टिप्पणी, भन्छन् कठै कस्तो साँघुरो सोच !’

...

काठमाडौँ। क्याप्टेन विजय लामाले पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा फर्किएको घोषणा  गरेको चर्चाका बीच टिप्पणी गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत विजय लामाले भनेका छन्, ‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय राजनीतिमा फर्कन लागेको भन्ने सुन्दा साह्रै नमज्जा अनि दुख लाग्यो ।

उनले थप लेखेका छन्, यदि सत्य हो भने एक हैन दुई -दुई काल राष्ट्रपति भएर बसिसक्नु भएको अनि सम्पूर्ण नेपालीको भैसकेको भन्ने महसुस भएन तपाइलाई र ? कठै कस्तो साँघुरो सोच !’ ।

पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा फर्किएको घोषणा  गरेपछि  क्याप्टेन विजय लामाले मात्रै नाभेक धेरैले असन्तुष्टि जनाइरहेका छन्।

 

vijay lama