कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका सिईओ प्रकाश पुरीका अनुसार नाटक मञ्चन कै लागि लुइँटेल आगामी साता नेपाल आउँदै छन्। उनले भने, ‘हामीलाई साहित्यमा पकड र अभिनयमा गहिरो अनुभूति भएको उमेर र अनुभवका आभारमा परिपक्व पात्र चाहिएको थियो, त्यसैले उहाँलाई प्रस्ताव गर्यौँ “। नाटकमा प्रमुख पात्र सकम्बरी को भूमिकामा कसले अभिनय गर्ने भन्नेबारे भने हालसम्म खुलाइएको छैन। अब सुयोगवीर पछी ‘शिरीषको फूल‘ की मुख्य पात्र सकम्बरीको भुमीकामा को देखीने हो भन्ने जिज्ञासाले सबैको ध्यान खीचेको छ । पुरीका अनुसार दर्शकले लामो समयपछि जीवनलाई रंगमञ्चमा देख्दा उत्साहका साथ स्वागत गर्नेछन्। ‘उहाँको कमब्याकको लागि रंगमञ्च एकदम उपयुक्त माध्यम हो,’ उनले बताए।
गत महिना कान्तिपुर थिएटरले रेखा थापाको मुख्य भूमिकामा मञ्चन गरेको नाटक ‘मीरा’ ले चर्चा कमाएको थियो। अब भने ‘शिरिषको फूल’ जीवन लुइँटेलको कमब्याकसँगै थप चासोको विषय बनेको छ। पछिल्लो समय उनी अमेरिका बसोबास गर्दै आएका छन्।







१५ असार २०८२, आईतवार १८:४० 








