मोडलिङ बौद्धिकता र सौन्दर्यताको बिकास गराउने माध्यम हो: मोडल अनुष्का शर्मा

...

माघ, काठमाडौं । नेपालकी नव नायिका हुन् अनुष्का शर्मा । लेखनाथ, पोखराकी उनि चलचित्र ‘डी कम्पनी’ मार्फत रजतपटमा आगमन गर्न लागेकी छिन् । बुटवलमा बसोबास गरिरहेकी २० वर्षीया अनुष्काले ‘डी कम्पनी’ अघि ‘शान’, ‘विस्फोट’ तथा भोजपुरी चलचित्र ‘देसवा के खातिर’ मा पनि अभिनय गरिसकेकी छिन् । ती चलचित्रमा नायिकाको भूमिका निर्वाह गर्नुअघि अनुष्काले कसलाई दिउ यो जोवन, भुल भए माफ गर, तुलसी आदि चलचित्रमा सहायक कलाकारका रूपमा काम गरेकी थिइन् । ५ फिट २ इन्च अग्ली अनुष्का बलिउड नायिकासंग आफ्नो नाम तथा थर मिल्नु सुखद् संयोग भएको बताउछिन् ।
anuska sharmaचलचित्र क्षेत्रमा नायिका हुनुभन्दा अघि केही फिल्ममा सह नायीकाको भूमीका र केही म्युजीक भिडीयोमा अभीनय गरेकी उनले मोडलिङ क्षेत्रमा पनि छुट्टै स्थान बनाएकी छिन् । अभिनयको फ्यान त धेरै छन् नै, उनको सुन्दरताको बर्णन गर्नेहरु पनि धेरै भेटिन्छन् ।

‘ग्ल्यामरको दुनियामा मोडलिङ एक ऐना हो ’ भन्ने उनि जुन फेसन सो को माध्यमबाट आफ्नो व्यक्तित्व, बौद्धिकता र सौन्र्दयताको बिकास गराउने माध्यम भएको बताउछिन् । उनि भन्छिन् , ‘एउटै शब्दमा भन्ने हो भने मोडलिङ एक अलग्गै छुट्टै पहिचान हो । समाजमा यसको छुट्टै पहिचान छ । जस्तै डाक्टर, इन्जिनियर, आदि, इत्यादी ।’

anuska model 1