काठमाडौँ। वर्षौसम्म गुमनाम भएका गायक प्रेम परियार भन्छन्, ‘भोकलले साथ नदिदा गुमनाम हुनुपर्यो उमेरसंगै आवाज परिवर्तन हुदा पहिले आफैले गाएको गीतपनि त्यहि रेञ्जमा गाउन सकिन।’ चलचित्र ‘नाई नभन्नु ल’ २ को ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएपछि प्रेम परियार चर्चामा आएका थिए । उनको जादुमय आवाजले सबैको मन जीतेको थीयो । तर पछील्ला केही वर्षहरुयता उनी गुमनाम छन् ।
गुमनाम हुनुको कारण खुलाउदै उनी भन्छन्, ‘मेरो भोकल एक्कासी चेन्ज भयो पहीला आफैले गाएको गीतहरु पनी त्यही रेन्जमा गाउन सकीन यसकारण ग्याप बसे । उनी थप सुनाउँछन् मलाई सानोमा धेरैले युज गरे । मेरो मेहनतको कमाई अरुले नै खाए ।’ साथै पढाइका कारण र स्वर बदलिएका कारण आफूले केही समय गीत नगाएको सुनाउँछन् । अबको उनको योजना छ मेहेनत गरेर एउटा गजब्बको गीत बनाउने र पहीलासरह नै दर्शकको माया बटुल्ने ।
धादिङका प्रेम परियारले तेह्र वर्षको उमेरमा ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएर सबैको नजरमा पर्न सफल भएका थीए । त्यतीबेला उनलाई दोस्रो रामकृष्ण ढकाल भन्ने पनि धेरै थीए । ‘सानैदेखि गीत गाउन थालेका प्रेमले पहीलोपटक ‘नाई नभन्नु ल’ फिल्ममा गीत गाउन अवसर पाउदा नीकै खुसी थीए।
नाई न भन्नु ल मै उनले गाएको अर्को गीत ‘यी आँखामा तिमी छौं’ पनि निकै चलेको छ । सुरिलो स्वर सुनेपछि उनलाई बधाईको ओइरो आएको थीयो । देश -वीदेशमा गीत गाउने अवसर पाए । फिल्मको गीत गाउनुभन्दा अघि उनी मलेखुका होटल होटल डुलेर गीत गाउँदै हिँड्थे । गीत गाए वापत उनलाई केहीले पैसा दिन्थे । केहीले राम्रो गीत गाएको भनेर प्रशंसा पनि गर्थे ।







१६ असार २०८२, सोमबार १०:०८ 








