काठमाडौँ। लाइभ दोहोरीका लागि प्रखर मानिन्छन् रेशम निर्दोष । उनै रेशम र गायिका सिता बरालको स्वरमा नयाँ लोक दोहोरी गीत बागलुङ बेनी सार्वजनिक गरिएको छ । एकदिन अघिमात्रै सार्वजनिक गीत रेशम निर्दोषकै युट्युव च्यानलमा सार्वजनिक गरिएको छ ।
रेशमकै शब्द रहेको गीतमा इश्वर सिंहको संगीत छ । गीतको भिडियोमा पनि रेशम र सीतालाई देख्न सकिन्छ । गायक रेशमका सयौं गीत सार्वजनिक भइसकेका छन् भने मिठो स्वर भएकी गायिका सीता बराल नव गायिका हुन् । उनी मिडियाकर्मी समेत हुन् ।
मायाप्रितीका कुरामा आधिरित यस गीतमा कहिले काहिँ त बोलेनी हुन्न र मनका कुरा खोलेनी हुन्न र ? के भन्नि हुन् गाउकाले देखेर सधै बस्छौ मुलबाटो छेकेर.. लगायतका शब्द समेटिएको छ।







१६ असार २०८२, सोमबार १७:१५ 








