काठमाडौँ। बाल गायिकाको रुपमा केहि वर्ष अघि भाइरल बनेकी कमला घिमिरेले नेपाली रजतपटमा डेब्यु गर्ने भएकी छन्। आगामी चलचित्र ‘माईली’ मार्फत फिल्ममा डेब्यु गर्न लागेको उनि स्वयम्ले बताएकी छन्। उनले भनेकी छन् ‘अहिले प्रियंका कार्की दिदीको छोरीको रुपमा डेब्यु गर्दै छु र अब हिरोईनको अफर आयो भने पनि म काम गर्न तयार छु।’

सानै उमेरमा कलाकारितामा लागेकी कमलाले कलिलै उमेरमा धेरै प्रगति गरिसकेकी छन्। उनि भन्छिन् ‘आफ्नै सफलता देख्दा खुशी लाग्छ। मेहेनत पनि गरिरहेको छु र सफलता पनि पाईरहेको छु। घर बनाए, जग्गा जोडे, घरपरिवारलाई पनि मैले नै हेरिरहेको छु र आफु पनि कलेज पढिरहेको छु।’ केहि वर्ष अघि १२ सक्ने बित्तिकै जसरी भएपनि विदेश जान्छु भन्ने कमला अब म सकेसम्म विदेश जान्न नेपालमै केहि गर्छु भन्ने निचोडमा पुगेकी छन्।







१७ असार २०८२, मंगलवार १०:३९ 








