जम्मा २३ वर्ष पुगेकी गरीमा शर्मा

...

काठमाडौँ । म्युजिक भिडियो हुदै फिल्ममा समेत डेब्यु गरिसकेकी गरिमा शर्मा भन्छिन् धेरैले मलाई उमेर लुकाको भन्नुहुन्छ। म २३ वर्षकी मात्रै भए। मैले उमेर लुकाउनुपर्ने कारण नै छैन। मेरो वास्तविक उमेर नै २३ हो। विश्वास नमान्नेहरुलाई म मेरो कागजपत्र देखाउन सक्छु।  १७ वर्ष उमेरमा कलकारीतामा लागेकी गरीमाले २३ वर्ष हुुदमसम्म धेरै प्रगती गरीसकेकी छन् । उनले आफनै कमाईले कार पनी कीनेकी छन् । पछीललो समय उनले भटाभट नयाँ फील्म साईन गरीरहेकी छन् ।

गरिमा म्युजिक भिडियोको चर्चापछि फिल्ममा भित्रिएकी हुन् । ‘पिरतीको गीत’ बोलको गीतको म्युजिक भिडियोबाट अभिनय थालेकी उनले यो भिडियो आफ्नो बुबाको कारण हात पारेकी थिइन् । बुबालाई उनको अभिनयमा रुचि रहेको थाहा थियो । यो गीतपछि उनले लगातार ७ म्युजिक भिडियो अभिनय गरिन् । तर गीतको चर्चा भएन । त्यसपछि टिकटकमा विभिन्न कन्टेट अपलोड गरिन् । जसले उनलाई ‘नबोली नबोली’ गीतको म्युजिक भिडियो दिलायो । यो गीतको चर्चापछि उनले भिडियो अभिनयमा पछि फर्किएर हेर्नु परेन ।

३ वर्षमा करिब २ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्न सफल उनका ‘नबोली नबोली’, ‘पर्दैन फकाउन’, ‘एउटा सपना छ’, ‘बस्यौ अलग्गै’ लगायत थुप्रै म्युजिक भिडियो हिट छन् । गरेको काम हिट भएपछि नाम र दाम त हुने नै भयो । त्यसैले त्यसपछिका तीन वर्ष उनले आँखा चिम्लिएर म्युजिक भिडियोमा अभिनय गरिन् ।