असोज १५ मा ‘राष्ट्रिय चलचित्र दिवस’ मनाइने

...

काठमाडौँ। प्रत्येक वर्ष असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवसको रुपमा मनाइने भएको छ। नेपाल चलचित्र विकास बोर्डको २५ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त घोषणा गरेका छन्।

६० वर्षको गौरवमय इतिहास बोकेको अवसरमा चलचित्र आमाको प्रदर्शनको मितिलाई ध्यानमा राख्दै असोज १५ लाई राष्ट्रिय चलचित्र दिवसको घोषणा गरिएको हो।