आमाको नामबाट नागरिकता नपाउने परिस्थितिको अन्त्य भएको छ- रेखा थापा

...

काठमाडौं । गायिकाद्वय समिक्षा अधिकारि र एलिना चौहानसँगै नायिका रेखा थापाले पनि गृहमन्त्रीलाई भेटेकी छन्। अभिनेत्री रेखा थापाले नागरिकता विधेयक २०८२ संसदबाट बहुमतले पारित भएकोमा गृहमन्त्रीलाई भेटेर बधाइ दिएकी छन् ।

गृहमन्त्रीलाई भेटेपछि थापाले सामाजिक संजालमा लेखेकी छन्, ‘सन्तानलाई आमाले जन्मदिनु हुन्छ ,आमाले पालन पोषण गर्नुहुन्छ । तर नागरिकता लिन जाँदाखेरी बाबुको खोजी हुन्छ । तर आमाको नामबाट नागरितका पाउने स्थिति बनेन । अब यस्तो परिस्थितिको अन्त्य भएको छ ।’