काठमाडौँ। आजभन्दा २४ वर्ष अघि गीत गाउने सपना बुनेर शहर पसेकी झुमा लिम्बु भन्छिन् बल्ल सपना पुरा हुदैँ छ। उनले निकै सानै उमेरदेखि गीत गाउन थालेकी हुन्। उनि सुनाउछिन् ‘मलाई चेतना आएदेखि नै गीत गाउथे।’ उनको परीवारमा कोहि पनि गायन पेशामा थिएनन्। उनले नै पहिलोपटक गीत गाउने गायिका बन्ने साहस गरिन्।
२४ वर्ष देखि अनवरत रुपमा संगीतमा होमिएकी उनले ‘उनको स्विटर’ चलचित्रको ‘काफ्ले’ गीत गाईन् जुन सुपरहिट बन्यो। यसपछि झुमा सबैको नजरमा परिन्। ‘काफ्ले’ गीत हिट हुनुअघि उनले सयौ गीतमा आवाज भरेकी छन् तर अहि गीतले उनको परिचय जगाईदियो। दुई दशकदेखी संघर्षरत झुमा भन्छिन् ‘अझै सपना पुरा भएको छैन बल्ल सुरु हुदैँ छ ।’
ताप्लेजुङमा जन्मीएकी तामझामबाट टाढा चहने झुमा कहिले लिम्बू संगीतमा ‘मेलोडी’को विकास खोज्न पूर्वतिर भौंतारिइरहेकी हुन्छिन्, कहिले खस् नेपाली भाषाको मौलिक संगीत खोज्न सुदूरपश्चिमको गाउँतिर उकालो लागिरहेकी हुन्छिन् । संगीतको उद्देश्य स्टेज तताउनुमात्र होइन, जीवनलाई प्रभाव पार्नु हो भन्ने उनले सिकेकी छन् । झुमाको घुमघाम, हाँसोठट्टा र बेपर्वाह जिन्दगी देखेर उनलाई ‘बिन्दास लेडी’ मान्नेहरू पनि छन् । गीतसँगीतमा सफलताको स्वाद चाखीसकेकी झुमा वैवाहीक जीवनमा भने सफल हुुन सकीनन् । सँगीतक्षेत्रमै आवद रहेका व्यक्तीसँग वीवाह गरेकी उनको सम्बन्ध लामो समय टीकेन । अहीले उनी लामो समयदेखी एकल जीवन बीताईरहेकी छन् ।







१८ असार २०८२, बुधबार १०:२४ 








