काठमाडौँ। कमेडियन मेक्सम गौडेलको स्वास्थ्यमा सुधार आएको छ। युवा पुस्तामाझ चर्चित कमेडियन मेक्सम गौडेल स्वास्थ्य उपचारपछि कलाकारितामा फर्किने भएका छन्। केही महिना अगाडी स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थीए । प्याङ्क्रियाजमा घाउ भएपछि एक महिनाअघि उपचारका लागि उनी दिल्लीको मेदान्त अस्पताल भर्ना भएका थिए ।
आफनो स्वास्थ्य अवस्थाप्रती फयानहरुलाई जानकरी गराउँदै उनले लेखेका छन्, ‘आवश्वक उपचार र केही समयको आरामपछि म हजुरहरूले नै मन पराउनुभएको, माया दिनुभएको काममा पनि छिट्टै फर्किँदैछु।’ कमेडी च्याम्पियन’ बाट चर्चामा आएका मेक्सम पछिल्लो समय ’कमेडी नाइट विथ च्याम्पियन्स मा देखिँदै आएका थिए ।








१८ असार २०८२, बुधबार १४:२२ 








